• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • द ब्रिटिस कलेजले इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने

    द ब्रिटिस कलेजले इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने

    काठमाडौं। द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । कलेजले बालुवाटारमा रहेको ढुकु फुटसलमा आगामी ४–५ अगष्टमा टुर्नामेन्ट आयोजना गर्न लागेको हो । टुर्नामेन्टमा १३ कलेजको सहभागिता रहने छ ।

    टुर्नामेन्टमा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आईआईएमएस, सिल्भर माउन्टेन, पीसीपीएस कलेज, एस इन्टरनेसनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिंदैछन् ।

    प्रथम हुने टिमले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने पहिलो रनर अपले ५० हजार नगद, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद १०/१० हजार रुपैयाँ पाउनेछन् ।

    द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले यो टुर्नामेन्टमा यसअघ भएका दुई टुर्नामेन्टमा भन्दा धेरै टिमको सहभागिता गराई अझै उत्कृष्ट बनाउन प्रतिबद्ध रहेको बताए । कलेजका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ ।

    पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा आयोजना भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १७, मंगलवार ०८:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP