• २०८१ चैत्र १२ | Tue, 25 Mar 2025
  • लागुऔषध मुद्दामा १३ महिना कैद तोकिएका फरार प्रतिवादी पक्राउ

    लागुऔषध मुद्दामा १३ महिना कैद तोकिएका फरार प्रतिवादी पक्राउ

    लागु औषध गाँजा कारोबार मुद्दामा १ वर्ष १ महिना कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका–४ घर भई भक्तपुर बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    जिल्ला अदालत भक्तपुरले २०७९ साउन ४ मा निर्मलालाई १३ महिना कैद र ६ हजार जरिवाना हुने फैसला गरेको थियो । साउन ३० मा उनलाई पक्राउ गरेर प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण ३१, मंगलवार ०५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP