• २०८१ कार्तिक २१ | Wed, 06 Nov 2024
  • लाइभ स्ट्रिमिङ मार्फत महिलालाई हैरानी दिने पक्राउ

    लाइभ स्ट्रिमिङ मार्फत महिलालाई हैरानी दिने पक्राउ

    सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा नक्कली पार्श्वचित्र बनाई लाइभ स्ट्रिमिङ मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३, टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो ।

    उनलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिएर पक्राउ गरिएको हो ।  इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको सहयोगमा शुक्रबार पक्राउ परेका उनीमाथि अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २२, आईतवार १३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP