काठमाडौं,२२ साउन : दुबई हिँडेका भारतीय नागरिक विदेशी मुद्रासहित पक्राउ परेका छन्। शनिबार फ्लाई दुबईको उडानबाट त्यसतर्फ जान लागेका भारतीय नारिक अंकुर घनश्यामभाइ पटेल विदेशी मुद्रासहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।
उनले ब्यागमा लुकाएर लैजाने क्रममा विदेशी मुद्रा भेटिएको हो। प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १३० पाउन्ड स्टर्लिङ, ३ हजार ४ सय युरो, ४ हजार ४६५ दिराम र ४ हजार ६५० केन्या सिलिङ्गस बरामद गरेको छ।
पटेललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया