• २०८१ चैत्र ३ | Sun, 16 Mar 2025
  • भारत लैजाँदै गरेको २६ कार्टुन बियरसहित पिकअप प्रहरीको नियन्त्रणमा

    भारत लैजाँदै गरेको २६ कार्टुन बियरसहित पिकअप प्रहरीको नियन्त्रणमा

    झापा,२२ साउन : भारतको बिहारमा मदिराजन्य पदार्थ बिक्री वितरण पूर्ण प्रतिबन्ध छ। बिहारमा प्रतिबन्धित भएपछि नेपालबाट मदिराजन्य पदार्थ तस्करीको माध्यमबाट जाने गरेको छ। यसैक्रममा प्रहरीले दक्षिणी झापाको कचनकवलस्थित नेपाल-भारतको दशगजा क्षेत्रबाट २६ कार्टुन बियरसहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ।

    कचनकवल गाउँपालिका-४ स्थित लोदावारिको जिरो भन्ने नाकाबाट अवैध रुपमा बियरका कार्टुनहरू को १ च ६२३४ नम्बरको पिकअप लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा शनिबार बेलुका ६ बजे सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाबाट खटिएका संयुक्त टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

    पिकअपमा ९ कार्टुन गोर्खा स्ट्रङ बियर, १७ कार्टुन अर्ना बियर, साइन फिटो कोक १ कार्टुन, स्प्राईट ३ बन्डल, कोकाकोला २ बन्डल बरामद गरिएको डीएसपी पाठकले बताए। पिकअपसहित अन्दाजी ७ लाख ७८ हजार ६ सय रुपैयाँ मूल्य बराबरको ती सामान र चालक इलाम जिल्ला देउमाई-२ बस्ने २३ वर्षीय कपिल मगरलाई आवश्यक कारबाहीको लागि आइतबार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २२, आईतवार १२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP