• २०८२ बैशाख ४ | Thu, 17 Apr 2025
  • पोखरामा आफ्नै साथीको अश्लील भिडियो बनाएर ब्ल्याकमेल

    पोखरामा आफ्नै साथीको अश्लील भिडियो बनाएर ब्ल्याकमेल

    उमेर १६ वर्ष । किशोरीको पनि एउटै उमेर, एउटै कक्षा । आफ्नै साथीले नक्कली फेसबुक आइडी बनाएर नक्कली अश्लील भिडियो बनाउन थाले । बेलाबेलामा किशोरीको फोटो र भिडियो पठाएर फेसबुकमा पोस्ट गर्ने धम्की पनि दिए ।

    पोखरा २७ बस्ने किशोरले फेक आइडीबाट गरेको हर्कतको उजुरी प्रहरीसम्म पुग्यो । प्रहरीले अनुसन्धान गर्दै गयो, अन्ततः किशोर पक्राउ परे । उनले किशोरीको तस्बिर र भिडियो उनका आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गरेका थिए ।

    बेइज्जत गरिदिन्छु भनेपछि मानसिक यातना बढ्यो । किशोरीले परिवारलाई जानकारी गराएपछि घटना प्रहरी कार्यालयसम्म पुग्यो । प्रहरीले २ थान मोबाइलसहित किशोरलाई पक्राउ गरेको छ ।

    विद्युतीय कारोबार ऐन कसुर अन्तर्गत साइवर अपराध मुद्दामा उनलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८० मंसिर २३, शनिबार ०५:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP