• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • जीतपरसिमरा–२२ स्थित अमलेखगंज जंगलबाट १५७ किलो गाँजासहित ७ जना पक्राउ

    जीतपरसिमरा–२२ स्थित अमलेखगंज जंगलबाट १५७ किलो गाँजासहित ७ जना पक्राउ

    बारा प्रहरीले अवैध लागु औषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ ।

    आइतवार साँझ जीतपरसिमरा–२२ स्थित अमलेखगंज जंगलबाट प्रहरीले १५७ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१ का ३९ वर्षीय रोशन नेगी, भिमफेदी गाउँपालिका–९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्धिन खान, १८ वर्षीय देव कुमार , ३५ वर्षिय जागिरद्धिन मियाँ, भारत बहराईजका २६ वर्षीय अहमद भाट रहेका छन् ।

    पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

    पक्राउपरेकाहरुको साथबाट बा ११ च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटलको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।

    प्रहरी उपरीक्षक बोगटीका अनुसार हेटौडा उपमहानगरपालिका–१ का नेगीले नेपाली नम्बर प्लेटको स्कोरपियो गाडीमा ६ बोरा गाँजा राखेर अमलेखगंजस्थित जंगलमा ल्याएको सूचना पाएपछि प्रहरी घटनास्थलमा खटिएको थियो । जंगलभित्रबाटै अर्को पिकअप गाडीमा राखेर लैजाने योजनासहित नेगीले हेटौडाबाट गाँजा ल्याएको उनलले बताए ।

    नेगीलाई नियन्त्रणमा लिएपछि प्रहरीले भारतीय नम्बर प्लेटको पिकअप गाडी र मोटरसाईकलमा गाँजा लिन आएका व्यक्तिलाई जंगलभित्रैबाट पक्राउ गरेको हो । घटनास्थलबाट पाँच जनालाई पक्राउ गरेको प्रहरीले अन्य दुई जनालाई उनीहरुको बयानका आधारमा पक्राउ गरेको हो ।

    पक्राउ परेका व्यक्तिमाथी लागूऔषध मुद्धामा कारवाही गरिने समेत प्रहरीउ उपरीक्षक बोगटीले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८० श्रावण २३, मंगलवार ०४:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP