रामशंकर भण्डारी सप्तरी । बलान विहुल गाउँपालिका -२ चन्ही स्थित निर्माणाधिन १५ बेड सैया अस्पतालमा गुणस्तरहिन सामाग्री प्रयाेग हुदा गापा उपाध्यक्ष रेनु यादब र अनुगमन टाेलीकाे निर्णय अनुसार भवन निर्माण कार्य तत्काल राेक्का आदेश गरेका छन् ।
उक्त भवन निर्माण कार्य तत्काल राेक्का आदेश पत्र दिदा पनि राैता श्रेष्ठ एण्ड सन्स/रेग्मी जेभि त्रियुगा नगरपालिका ,उदयपुर निर्माण/ठेकेदार व्यवसायीले अटेरी गरि गुणस्तरहिन कार्य गरिएका उपाध्यक्ष रेनु यादबले बताएका छिन् ।
याे भवन निर्माण कार्य आ.बा.२०७८/०७९ मा E-Biding मार्फत बलान विहुल गाउँपालिकाले ठेक्का पट्टा गरिएको हुनाले उक्त ठेक्का राैता श्रेष्ठ एण्ड सन्स/रेग्मी जेभि त्रियुगा नगरपालिका ,उदयपुरले रकम रु.१४०५७४२१२.९६ मा ठेक्का सम्झौता गरिएका साथै उक्त भवन निर्माण कार्य २०८२/०३/२५ गतेसम्म सम्पन्न गरि सकिनु पर्नेछ ।
भवन निर्माण कार्यमा जग नै कमजोर भयाे भने भबिष्यमा यस्तो गुणस्तरहिन भवनको जिम्मेवार काे ? उपाध्यक्ष रेनु यादबले बताए । २०७९/१२/२० गते बलान विहुल उपाध्यक्ष रेनु यादब र अनुगमन टाेलीकाे संयुक्त अनुगमन गर्दा निर्माणाधीन भवन स्थलमा गुणस्तरहिन ईटा,बालुवा,गिट्टी समेतको गुणस्तरीहिन सामाग्री प्रयाेग गरि कार्य भईरहेकाे अनुगमन समितिले पाईयाे ।
साथै यस्तो गुणस्तरहिन भवन निर्माण कार्यकाे बलान विहुल गाउँ पालिका अध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत ,प्राबिधिक शाखा,लेखा शाखा,जिल्ला समन्वय समिति-सप्तरी ,जिल्ला प्रशासन कार्यालय- सप्तरी , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ-काठमाडौ ,पत्रकार महासंघ-सप्तरी र अख्तियार दुरुपयोग अनुसंधान कार्यलय ईटहरी ,सुनसरी समेतलाई जानकारी पठाएको उपाध्यक्ष रेनु यादबले बताए ।
हाम्रो अनुरोध एउटामात्र छ कि सम्पूर्ण सराेकारवालालाई यस्तो गुणस्तरहिन भवन निर्माण कार्य प्रती ध्यानाकर्षण हाेस् र ला.ई.अनुसार बलान विहुलकाे प्राबिधिक र अनुगमन टाेलिकाे निगरानीमा राम्रो कार्यकाे सन्चालन गरियोस् ।
प्रतिक्रिया