• २०८१ फाल्गुन ७ | Wed, 19 Feb 2025
  • प्रेम टुटेपछि फेसबुक ह्याक गरेर ‘ब्ल्याकमेल’

    प्रेम टुटेपछि फेसबुक ह्याक गरेर ‘ब्ल्याकमेल’

    मोरङको धनपालथान गाउँपालिका–४ रंगेली घर भएका दिपेश लोहनी प्रेममा थिए । २२ वर्षीय लोहनीको प्रेमिका अध्ययनका लागी अमेरिका गइन् । १२ कक्षा पास गरेका लोहनी मोरङमै थिए । अमेरिका गएपछि प्रेमिका र दिवेशको बीचको प्रेम टुट्यो । प्रेम टुटेपछि दिवेशले प्रेमिकालाई दैनिक फोन र म्यासेज गरेर धाकधम्की दिए । फेसबुक आइडीसमेत ह्याक गरेर व्यक्तिगत फोटो र भिडियो पोष्ट गर्न थालेपछि दिवेशका विरुद्ध पीडित युवतीको अभिभावकले प्रहरीमा उजुरी दिएका छन् ।

    पीडितको अभिभावको उजुरीको आधारमा लोहनीलाई मोरङबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीले रातोपाटीलाई बताए । चैत १९ मा पक्राउ परेका लोहनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रेम सम्बन्ध हुँदा दिपेशले प्रेमिकाको फोटो र संवेदनशील भिडियो समेत खिचेर राखेका थिए । सम्बन्ध टुटेपछि त्यस्ता भिडियो र फोटो प्रेमिकाकै फेसबुकबाट पोष्ट गरेर ‘ब्ल्याकमेल’ गरेका हुन् । फोटो र भिडियो फेसबुकमा साथी रहेकाहरुलाई पठाएर आरोपीले चरित्रहत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    आरोपीले आफ्नी छोरीलाई ‘फेसबुक लाइभ’मा आएर आत्महत्या गर्ने र फसाउने धम्की दिएको पीडितका अभिभावकले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ । दिपेशको साथबाट बरामद गरेको मोबाइलमा अश्लिल भिडियो र फोटो भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । आरोपीविरुद्ध प्रहरीले विद्युत्तीय कारोबार ऐन–२०४७ विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र २०, सोमबार १३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP