• २०८१ चैत्र २ | Sat, 15 Mar 2025
  • धनुषाको प्रसिद्ध राजदेवी मन्दिरबाट सुनको मुकुटसहित मूर्ति चोरी

    धनुषाको प्रसिद्ध राजदेवी मन्दिरबाट सुनको मुकुटसहित मूर्ति चोरी

    धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरमा शनिवार राति चोरी भएको छ । मन्दिरबाट राजदेवी भगवानको मूर्ति सुनको मुकुट र अन्य गरगहना गरी करिब छ लाख मूल्य बराबरको सामान चोरी भएको मन्दिरका पुजारी धिरज यादवले बताउनुभयो । उहाँले राति १२ बजे चोरी भएको जानकारी दिनुभयो ।

    महेन्द्रनगर–जनकपुर सडकसँगै टाँसिएर रहेको ऐतिहासिक राजदेवी मन्दिर निकै प्रसिद्ध छ । ऐतिहासिक धार्मिक राजदेवी मन्दिरमा चोरी हुनुलाई स्थानीयवासीले गम्भीर रूपमा लिएका छन् । त्यहाँ रहेका साधुसन्त तथा स्थानीयवासीले तत्काल चोरलाई पक्राउ गरी कारबाही गर्न प्रहरीसँग माग गरेका छन् ।

    ऐतिहासिक धार्मिक हनुमान मन्दिरमा चोरीलाई स्थानीयवासीले गम्भीर रूपमा लिएका छन् । त्यहाँ रहेका साधुसन्त तथा स्थानीयवासीले प्रहरीसँग तत्काल चोरलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले चोरी घटनासम्बन्धमा अनुसन्धान भइरहेको र अपराधी पक्राउ गर्न प्रहरी युनिट खोजतलासमा जुटेको बताउनुभयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन १५, सोमबार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP