• २०८१ कार्तिक २२ | Thu, 07 Nov 2024
  • जनकपुरबाट साढे ३८ लाख रुपैयाँसहित २१ वर्षीय युवक पक्राउ

    जनकपुरबाट साढे ३८ लाख रुपैयाँसहित २१ वर्षीय युवक पक्राउ

    जनकपुधाम । धनुषा प्रहरीले स्रोत नखुलेको ३८ लाख ५० हजार रूपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका १ का २१ वर्षी सुवमराज चौवे छन् । निर्वाचनलक्षित विशेष सुरक्षामा रहेका टोलीले आइतबार दिउँसो चेकजाँच गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका(२१ कुर्थाबाट चौवेलाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।

    अन टेस्ट पल्सर मोटरसाइकलमा भारतबाट आउँदै गरेका ती युवाको ब्यागबाट एक हजार दरको २९ बण्डल (२९ लाख) र ५ सय दरको १९ बण्डल (९ लाख ५० हजार) नेपाली रूपैयाँ बरामद भएको प्रहरीको भनाइ छ ।

    नेपाली रूपैया भारतबाट अवैधरूपमा भन्सार छली ल्याएको खुलेको र कारबाहीका लागि उनीसहित मोटरसाइकल र नगद जनकपुर भन्सार कार्यालय धनुषामा पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ७, सोमबार ०८:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP