• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • रामेछापबाट घुससहित खानेपानी कार्यालयका इन्जिनियर पक्राउ

    रामेछापबाट घुससहित खानेपानी कार्यालयका इन्जिनियर पक्राउ

    रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाई डिभिजन नम्बर–४ बागमतीका इन्जिनियरसहित दुई जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा छन् ।

    अख्तियारबाट गएको टिमले मन्थलीमा अपरेशन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सहसचिव) श्याम प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।  आयोगको टोलीले इन्जिनियर सत्याल र प्लम्बरले सेवाग्राहीबाट लिँदै गरेको १६ लाख नगद र १२ लाख बराबरको चेक बरामद गरेको छ । आरोपीहरुले ईन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको उपभोक्ता समितिसँग रकम भुक्तानी दिनुअघि घुस मागेका थिए ।

    मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयसँगै जोडिएको निवासबाट इन्जिनियर र प्लम्बरलाई नियन्त्रणमा लिएर आयोगको टोलीले मुचुल्का तयार गरिरहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २, बुधबार ०८:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP