कपिलवस्तु जिल्लाको विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट ३.९ के. जी. चरेस जस्तो देखिने कालो पदार्थ सहित मानिस पक्राउ परेको छ l
विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले शनिवार साझ ४ बजे नेपाल बाट भारत जाने क्रममा सो व्यक्ति लाई संका लागि सोधपुछ खान तलासी गर्दा चरेस सहित पक्राउ गर्न सफल भएको छ l
पक्राउ परेका व्यक्ति दाङ जिल्लाको घोराही उपमहानगर पालिका वडा नं १० नरैनापुर बस्ने २७ बर्षिय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक मेघराज जोसीले बताए l पक्राउ गरिएको व्यक्ति लाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाइएको पक्राउ परेका व्यक्ति बाट थप अनुसंधान प्रकृया अगाडि बढाइएको जानकारी प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले बताए l
प्रतिक्रिया