• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • जडिबुटीबाट २ हजार एम्पुल लागु औषधसहित दुईजना पक्राउ

    जडिबुटीबाट २ हजार एम्पुल लागु औषधसहित दुईजना पक्राउ

    काठमाडौंको जडिबुटीबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । २ हजार १३ एम्पुल लागु औषधसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–८ घर भएका २९ वर्षीय दिपेन्द्र सरदार र कञ्चनपुर नगरपालिका–९ घर भएका २३ वर्षीय सुरज सरदार छन् ।

    प्रहरी वृत कोटेश्वरका प्रहरी नायव निरिक्षक ओमकार चन्द नेतृत्वको टोलीले आरोपीहरुको साथबाट फेनारगन ७४६ एम्पुल, डाइजेपाम ६७३ एम्पुल र बु्र्रप्रेनोर्फिन इन्जेक्सन ५९४ एम्पुल बरामद गरेको छ । भदौ २४ मा राति काठमाडौं–३२ जडिबुटीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अरोपीहरुबारे प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २६, आईतवार १०:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP