• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • महाराजगन्ज सडकबाट एक केजी सुनसहित दुई जना पक्राउ

    महाराजगन्ज सडकबाट एक केजी सुनसहित दुई जना पक्राउ

    काठमाडौं, भदौ २६ गते । काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्कस्थित सडकबाट एक केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २६, आईतवार ०८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP