• २०८१ चैत्र ३ | Sun, 16 Mar 2025
  • स्रोत नखुलेको १५ लाख १६ हजार नगदसहित दुई जना पक्राउ

    स्रोत नखुलेको १५ लाख १६ हजार नगदसहित दुई जना पक्राउ

    सर्लाही, भदौ २६ गते । मलंगवा नगरपालिका–८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    नेपालबाट भारततर्फ जाँदै गरेको बा।९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २६, आईतवार ०८:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP