• २०८१ चैत्र १ | Fri, 14 Mar 2025
  • लागुऔषधसहित बसका सहचालक पक्राउ

    लागुऔषधसहित बसका सहचालक पक्राउ

    वीरगञ्ज,भदौ १५ गते । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेकोे बसबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुली कालापानी गाउँपालिका–१ का २४ वर्षीय पूर्णप्रसाद दाहाल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका दाहाल प्रदेश २–०३–००१ ख ३६२३ नम्बरको रोयल सिंघम बसका सहचालक हुन् ।

    वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेकोे बसलाई रोकेर चेकजाँच गर्दा बसको पछाडि तर्फको डिक्कीमा सेतो प्लाष्टिकको झोलाभित्र पत्रिकाले बेरेर टेप लगाएको अवस्थामा प्रतिबन्धित लागुऔषध २०६० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराक प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

    बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट उनलाई आइतबार साँझ पक्राउ गरेको थियो । प्रहरीले झोलाबाट डाइजेपाम र फेनारगन ५८८–५८८ र नुफिर्न ५८७ एम्पुल तथा नाइट्राभेट–१० लेखिएको ट्याबलेट ३०० थान फेला परेको थियो ।

    पक्राउ परेका दाहाललाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध सम्बन्धि कसूरमा बारा जिल्ला अदालतमा मुद्दा दर्ता गरि ७ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र १५, बुधबार ०८:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP