• २०८१ माघ २ | Wed, 15 Jan 2025
  • मनोज पाण्डे कम्तीमा ३ वर्ष जेल जाने, काठमाडौं जिल्ला अदालतले गर्‍यो मानव बेचबिखनमा समेत दोषी ठहर

    मनोज पाण्डे कम्तीमा ३ वर्ष जेल जाने, काठमाडौं जिल्ला अदालतले गर्‍यो मानव बेचबिखनमा समेत दोषी ठहर

    काठमाडौं । मानव  बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा खेपिरहेका कन्सल्टेन्सी व्यवसायी मनोज कुमार पाण्डे कम्तीमा ३ वर्ष जेल जाने भएका छन् । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखनको मुद्दामा समेत पाण्डेलाई दोषी ठहर गरेपछि उनी कम्तीमा तीन वर्ष जेल जाने भएका हुन् ।

    २०७० सालमा एक किशोरीलाई बाल यौन दुरुपयोग तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा सरकारले पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर गरेको थियो । गत जेठ महिनादेखि थुनामा रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दुवै कसुरमा दोषी ठहर गरेका हुन् । इजलासले पाण्डेविरुद्धको बाल यौन दुरुपयोगमा ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।
    फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ दफा ८ र ९ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा छुट्टै सुनुवाइको व्यवस्था गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सजाय निर्धारणका लागि माघ २३ गते पेशी तोकिएको छ ।
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ माघ १०, मंगलवार १३:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP