• २०८१ चैत्र १ | Fri, 14 Mar 2025
  • यतीको एएनसी एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त , उद्दार कार्य जारी

    यतीको एएनसी एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त , उद्दार कार्य जारी

    काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती विमान दुर्घटना भएको हो ।

    काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यतीको एएनसी एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भएको हो । विमान क्याप्टेन कमल केसीले उडाएका थिए । अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् । यद्यपी, घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । इमेजखबर  / अन्लाईनखबर बाट

    अनलाइनखबर बाट

    काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

    पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् । अहिलेसम्म कति व्यक्ति हताहति भए भन्ने खुलेको छैन । घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ माघ १, आईतवार ०९:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP