• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • प्रचण्डलाई विश्वासको मत बारे पुस २६ मै निर्क्यौल गर्ने कांग्रेस संसदीय दलको निर्णय

    प्रचण्डलाई विश्वासको मत बारे पुस २६ मै निर्क्यौल गर्ने कांग्रेस संसदीय दलको निर्णय

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे छलफल भएको छ।

    आजको बैठकको छलफल निष्कर्षमा नपुगेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन अर्थात पुस २६ गते नै विश्वासको मतबारे निर्णय गरिने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखकले भने, ‘प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन नै नेपाली कांग्रेसले उहाँलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्नेछ।’

    आजको बैठकमा सांसदहरूलाई संसदको कार्यतालिकाबारे जानकारी गराएको बताउँदै लेखकले सरकारलाई विश्वासको मत दिने बारे सोही दिन निर्क्यौल गर्ने निर्णय गरेको उनले बताए। कांग्रेसले पुस २६ गते बिहानलाई संसदीय दलको बैठक बोलाएको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएपछि आज पहिलोपटक दलको बैठक बोलाइएको हो। बैठकमा सभापति देउवा नै एक घण्टा ढिलो आएपछि निर्धारित समयभन्दा ढिलोगरी बैठक सुरु भएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    1
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ पुष २३, शनिबार ०९:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP