• २०८१ चैत्र १ | Fri, 14 Mar 2025
  • मुस्ताङमा चिसोसँगै हिमपातका कारण दुई महिनाका लागि विद्यालय बन्द

    मुस्ताङमा चिसोसँगै हिमपातका कारण दुई महिनाका लागि विद्यालय बन्द

    जोमसोम । मुस्ताङमा दुई महिनाका लागि विद्यालय बन्द भएका छन्। अत्यधिक चिसोसँगै सम्भावित हिमपातले जनजीवन कष्टकर हुने भएकाले मुस्ताङका शैक्षिक संस्थाहरूलाई पुसको पहिलो हप्तादेखि हिउँदे बिदा दिइएको हो।

    मुस्ताङका ३४ सामुदायिक विद्यालयमध्ये लोमान्थाङ गापाको ३, लोघेकर दामोदरकुण्डको ७ र वारागुङ मुक्तिक्षेत्रका दुई गरी कुल १२ वटा विद्यालयहरू घुम्ती कक्षाका लागि पोखरा स्थान्तरण गरिसकिएको छ।

    यसबाहेक २२ वटा सामुदायिक विद्यालयहरूलाई सम्बन्धित शिक्षा शाखाको समन्वयमा पुसको पहिलो हप्तादेखि २ महिना लामो हिउँदे बिदा दिएर शैक्षिक पठनपाठन पूर्ण रूपमा बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह विकले जानकारी दिए।

    उनका अनुसार घुम्ती कक्षाका लागि झरेका विद्यालयबाहेक अन्य विद्यालयहरूले चालु वर्षको वार्षिक परीक्षा सकेका छन्। उनीहरूलाई परीक्षा सकेर हिउँदे बिदा दिइएको बताए।

    यहाँका सामुदायिक विद्यालयहरूमा ३ हजार ८७५ जना विद्यार्थी छन्। लोमान्थाङको राष्ट्रिय आविलाई पोखरा किमबेसी, दिव्यदीप माविलाई पोखरा विजयपुर र जिन्जु आवि छोन्हुपलाइए पोखरा हेम्जामा स्थान्तरण गरिएको हो।

    उनले चिसोका कारण बेसी झरेका विद्यालयका वार्षिक परीक्षा चैत्र महिनामा हुने र नयाँ शत्रको पढाइका लागि बैशाख महिनामा उकालो उक्लिने छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ पुष ५, मंगलवार १३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP