विराटनगर । प्रदेश १ मा नयाँ सांसद (प्रदेशसभा सदस्य)को स्वागतका लागि सबै तयारी पूरा भएको छ। त्यसका लागि प्रदेशसभा भवन (संसद भवन) तयारी अवस्थामा राखिएको छ।
प्रदेश राजधानी विराटनगरस्थित प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदलाई स्वागत, शपथ तथा प्रदेशसभा बैठक सञ्चालनका लागि व्यवस्थापनको सबै काम सम्पन्न गरेको हो।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले रङरोगन तथा सरसफाई गरेर संसद भवन एवं सभाहल तयारी अवस्थामा राख्दै कुर्सी र टेबुल मिलाएर सांसदलाई बस्ने ठाउँको व्यवस्थापन गर्ने लगायतका काम सकिएको जानकारी दिए।
प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालय, सभामुख, उप–सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्रीको कार्यकक्ष र सत्तापक्षीय दलको कार्यालय व्यवस्थापनको सबै काम सकिएको पराजुलीले बताए।
‘यसअघि प्रदेशसभामा ७ वटा दलको प्रनितिधित्व थियो। अहिले ६ वटा दलमात्रै संसदमा उपस्थित हुने छन्,’ पराजुलीले भने, ‘त्यही भएकाले संसदीय दलको कार्यालय व्यवस्थापन असहज भएन। दलहरुलाई सांसद संख्याका आधारमा कोठाको व्यवस्थापन गरिने छ।’
९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका छन्।
गत मंसिर ४ गतेको निर्वाचनमार्फत प्रदेश १ मा नेकपा (एमाले)ले ४०, नेपाली कांग्रेसले २९, नेकपा (माओवादी केन्द्र)ले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ६, नेकपा (एकीकृत समाजवादी)ले ४ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिट प्राप्त गरेका छन्। २०७४ सालको निर्वाचनमा १ सिट जितेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको यसपटक संसदमा प्रतिनिधित्व छैन।
‘यसअघि प्रदेशसभामा ७ वटा दलको प्रनितिधित्व थियो। अहिले ६ वटा दलमात्रै संसदमा उपस्थित हुने छन्,’ पराजुलीले भने, ‘त्यही भएकाले संसदीय दलको कार्यालय व्यवस्थापन असहज भएन। दलहरुलाई सांसद संख्याका आधारमा कोठाको व्यवस्थापन गरिने छ।’ उनका अनुसार विभिन्न दलबाट निर्वाचित भएका सांसदको विवरण निर्वाचन आयोगसँग माग गरिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावको अन्तिम परिणामसहित निर्वाचित प्रदेशसभा सदस्यको नामावली गत शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएका थिए। त्यसका आधारमा सांसदको शपथग्रहणको तयारी थालिएको प्रदेशसभा सचिव पराजुलीले बताए।
प्रदेश १ मा नेपाली कांग्रेसबाट निर्वाचित गयानन्द मण्डल ज्येष्ठ सदस्य हुन्। निर्वाचन आयोगले बुझाएको उम्मेदवारको विवरण अनुसार मण्डल ७९ वर्ष पुगेका छन्।
तर, शपथको मिति तय भइनसकेको जानकारी उनले दिए। यद्यपि प्रतिनिधिसभा सदस्यको शपथग्रहण पछि प्रदेश १ का सांसदको शपथ गराइने उनको भनाइ छ।
प्रतिनिधिसभा सदस्यको शपथग्रहण पुस ७ गतेका लागि तोकिएको छ। ‘प्रतिनिधिसभा सदस्यको शपथ सकिएपछि प्रदेशमा शपथ गराइने छ,’ पराजुलीले भने, ‘त्यसका लागि प्रदेशसभा सचिवालय तयारी अवस्थामा छ।’
संवैधानिक व्यवस्था अनुसार सुरुमा प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्नेमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउने छन्। त्यसपछि ज्येष्ठ सदस्यले अन्य प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ।
प्रदेश १ मा नेपाली कांग्रेसबाट निर्वाचित गयानन्द मण्डल ज्येष्ठ सदस्य हुन्। निर्वाचन आयोगले बुझाएको उम्मेदवारको विवरण अनुसार मण्डल ७९ वर्ष पुगेका छन्। उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’बाट निर्वाचित भएका थिए।
प्रदेश १ मा एउटा मात्रै दलको सरकार गठन सम्भव छैन। किनभने प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनको समान ४६–४६ सिट छ।
संवैधानिक व्यवस्था अनुसार ज्येष्ठ सदस्य भएका नाताले प्रदेश प्रमुखबाट शपथ लिएपछि मण्डलले अन्य सांसदलाई शपथ खुवाउने प्रदेशसभा सचिव पराजुलीले बताए।
सभामुख र उपसभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यकै अध्यक्षतामा प्रदेशसभाको बैठक सञ्चालन हुने छ। प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार नवनिर्वाचितलाई शपथग्रहण गराउने, प्रदेशसभाको अधिवेशन आह्वान गर्ने तथा नयाँ सरकार गठन लगायतको तयारी थाल्ने विषयमा छलफल भइरहेको छ।
नयाँ सरकार गठनका लागि दलहरू आफैं समर्थन जुटाएर नआएमा संवैधानिक व्यवस्था अनुसार अघि बढ्ने प्रदेश प्रमुखको तयारी छ। प्रदेश १ मा एउटा मात्रै दलको सरकार गठन सम्भव छैन। किनभने प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनको समान ४६–४६ सिट छ।
सरकार गठनका लागि बहुमत पुर्याउन सत्तारुढ वा एमाले गठबन्धनलाई १ सिटवाला जसपाको साथ अनिवार्य छ। तर, जसपाले नयाँ सरकार बनाउन कसलाई साथ दिने भन्ने अहिलेसम्म यकिन गरिसकेको छैन। हुन त राप्रपा पनि अनिर्णित छ। एमालेले आफ्नो नेतृत्वमा राप्रपा र जसपासहितको सरकार गठनको कसरत गरिरहेको छ।
सत्तारूढ गठबन्धन पनि सरकार बनाउन जसपालाई आफ्नो पक्षमा पार्ने प्रयत्नमा छ। सत्तारुढको सरकार बन्दा नेतृत्व लिन कांग्रेस र माओवादीबीच हानथाप छ। प्रदेशसभामा धेरै सिट जितेकाले सत्तारुढको सरकार बने आफूले नेतृत्व लिन पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।
निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्रमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
बाध्यात्मक व्यवस्था अनुसार प्रदेश १ मा पुस तेस्रो साताभित्रमा नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराएर प्रदेशसभाको अधिवेशन आह्वान गरिसक्नुपर्ने हुन्छ।
प्रतिक्रिया