• २०८१ माघ २ | Wed, 15 Jan 2025
  • अनलाइन सञ्चार माध्यमबाट उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने

    अनलाइन सञ्चार माध्यमबाट उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने

    निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा  निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने आयोगले निर्णय गरेको हो ।

    आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एम.एम. रेडियो तथा पत्र पत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने छन् । यस्तै राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत भएका अनलाइन सञ्चार माध्यममा प्रचारप्रसार गर्न पाउने छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २४, बिहीबार १३:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP