• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • हिमपातले हुम्लाको लिमी जाने बाटो बन्द, निर्वाचन सामग्री पुर्‍याउन कठिन

    हिमपातले हुम्लाको लिमी जाने बाटो बन्द, निर्वाचन सामग्री पुर्‍याउन कठिन

    सदरमुकाम सिमकोटदेखि पाँच दिनको सकसपूर्ण पैदल यात्रापछि लिमी पुगेको बताएका वडाध्यक्ष तामाङले सामग्री ल्याउन नसकिने बताए।

    सिमकोट । जिल्लाको हिमालपारीको गाउँका रुपमा चिनिने लिमीमा निर्वाचन सामाग्री पुर्‍याउन कठिन हुने भएको छ ।
    केहि दिनअघि परेको अविरल वर्षासँगैको हिमपातले लिमी जाने १७ हजार फिट उचाईको न्यालु लेखको बाटो बन्द भएपछि आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका आवश्यक सामग्री ढुवानीका लागि समस्या भएको हो ।

    बाक्लो हिउँ जमेका कारण लिमीका तिन गाउँ तिल, जाङ र हल्जीका स्थानीयलाई गाउँबाट बाहिर जान र आउन गाह्रो भएका बेला निर्वाचन सामाग्री पुर्‍याउन हेलिकोप्टर बाहेक अन्यबाट ढुवानी गर्न नसकिने नाम्खा गाउँपालिका ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

    हिमपातले लिमी जिल्ला सदरमुकामबाट भौतिक रुपमा बिच्छेद भएको बताएका वडा अध्यक्ष तामाङले आफू निकै सकसका साथ गाउँ पुगेको बताए । ‘लिमी जाने बाटो न्यालुलगायतका क्षेत्रमा अहिले तीन फिटभन्दा बाक्लो हिउँ जमेपछि आवतजावतमा निकै समस्या छ,’ तामाङले भने, ‘खाली हिड्न त समस्या छ अन्य सामग्री लिन त कुनै संभावना नै देखिदैन् ।’

    गएको असोज १९ गतेदेखि २४ गतेसम्म लगातार परेको हिमपातले लिमी आवतजावत गर्ने न्यालु लेकको बाटो अहिलेसम्म खुलेको छैन । सदरमुकाम सिमकोटदेखि पाँच दिनको सकसपूर्ण पैदल यात्रापछि लिमी पुगेको बताएका वडाध्यक्ष तामाङले सामग्री ल्याउन नसकिने उल्लेख गरे ।

    हिउँ जमेका कारण लिमी जाने बाटो बन्द भएपछि निर्वाचनका सामग्री लिन हवाई बाहेक संभव नहुने भएपछि समीक्षा जिल्लाको सुरक्षा टिममा पनि सल्लाह भएकाले हेलिकोप्टरमै ढुवानी गर्ने बारेमा कुरा भएको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका  प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।

    हुम्लाका लागि १६ गते ढुवानी हुने 

    कर्णाली प्रदेशका दशवटै जिल्लाका लागि निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्री प्रदेश राजधानी सुर्खेत पुर्‍याइएको छ । प्रदेश मातहतका सबै जिल्लामा एकै पटक ढुवानी गर्ने तयारी भइरहेको  निर्वाचन सामग्री आगामी कार्तिक १६ गते मात्रै हुम्ला ढुवानी गरिने जिल्ला निर्वाचन कार्यालयको निमित्त निर्वाचन अधिकृत श्याम रानाले जानकारी दिए ।

    ‘शनिबारदेखि कर्णाली प्रदेशका सबै मतदान केन्द्रका लागि छुट्याइएका सामाग्री सुर्खेत पुर्‍ याइएको छ,’ उनले भने, ‘केहि सामग्री काठमाडौंबाट ढुवानी गर्न बाँकी रहेका कारण जिल्ला आउन १६ गते लाग्ने छ ।’
    नेपाली सेनालाई ढुवानीको जिम्मा दिएका सामग्री सेनाको हेलिकोप्टर वा स्काइ ट्रकले सिमकोट विमानस्थलसम्म ढुवानी गर्ने निर्वाचन अधिकृत रानाले जानकारी दिए ।

    ‘सुर्खेतदेखि यहि (कार्तिक) १६ गते सबै निर्वाचन सामाग्री सिमकोटसम्म नेपाली सेनाको स्काई ट्रक वा हेलिकोप्टरमार्फत ढुवानी गर्ने योजना छ,’ प्रमुख जिल्ला अधिकारी परियारले थपिन्, ‘लिमीलगायतका केहि क्षेत्रका निर्वाचन सामग्री  हेलिकोप्टरबाट ढुवानी हुने कुरा हुँदैछ ।’

    जिल्लाका सबै मतदान केन्द्रका लागि आवश्यक सामग्री पुगेपछि हामीले गृहमन्त्रालय र निर्वाचन आयोगसँगको छलफलमा हेलिकोप्टरबाट ढुवानी गर्ने कुरा हुँदैछ,’ अधिकारी परियारले अन्नपूर्णसँग भनिन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक १३, आईतवार ११:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP