• २०८१ माघ १० | Thu, 23 Jan 2025
  • कटहरिया बजारमा प्रहरी चौकी नजिकै एक घरमा डकैती, घटनास्थलबाट बन्दुक बरामद

    कटहरिया बजारमा प्रहरी चौकी नजिकै एक घरमा डकैती, घटनास्थलबाट बन्दुक बरामद

    रौतहट,१० कार्तिक । कटहरिया बजारमा गएराति एक घरमा डकैती भएको छ। लुटेरा समूहले छाडेर गएको एक थान हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय कटहरियाबाट दुई सय मिटर टाढा रहेको छ।

    ५/६ जनाको संख्यामा रहेका अज्ञात हतियारधारी समूह गएराति १ बजे कटहरिया-५ का रामचन्द्र साह सोनारको घरको पछाडि वालमा भर्याङ राखेर घरभित्र पसेका थिए। फलामको सिढी लगाएर भित्र प्रवेश गरेका थिए।

    कोठामा रहेको दराज फोडेर २५ हजार बराबरको विभिन्न गहना, गल्ला पसलमा राखिने बाक्सा फोडेर २५ हजार नगद र केही कपाली तमसुक समेत लुटेको पीडित रामचन्द्र साहले बताएका छन्। घरको दोस्रो तल्लाको कोठामा सुतिरहेका साहका नाती २५ वर्षीय विवेक साहले होहल्ला गरेपछि लुटेरा समूह भागेका छन्।

    लुटेराले कोदालो, एकजनाको हातमा लौरो र तेस्रोको हातमा हतियार देखेर चुपचाप बसेको विवेक साहले बताएका छन्। घटना लगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडामा फोन गरेको र बिहान साढे २ बजे आएको प्रहरी टोलीले घरेलु हतियार थ्री फिप्टिन पेस्तोल बरामद गरेको छ।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण कुमार सिंहले घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको बताए। लुटेरा समूह रामचन्द्र साहको घरमा प्रवेश गर्नुअघि कटहरिया गाउँका जयमंगल साह सोनार र पारस साह सोनारको घरको ढोकामा समेत हिर्काएका थिए।

    इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी टोलीले प्रायः राति गस्ती कम गर्ने भएकाले कटहरिया बजार तथा आसपासको गाउँमा पटकपटक चोरी तथा लुटपाटको घटना हुँदै आएको स्थानीयहरुले गुनासो गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक १०, बिहीबार १०:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP