• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • ईयूको हवाई सुरक्षा अडिटको प्रारम्भिक नतिजा यसै साता, आशावादी नेपाल

    ईयूको हवाई सुरक्षा अडिटको प्रारम्भिक नतिजा यसै साता, आशावादी नेपाल

    काठमाडौं,२६ असोज। युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (आएसा)ले नेपालमा गरेको सेफ्टी अडिटको प्रारम्भिक नतिजा यसै साता आउने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपालमा अघिल्लो साता भएको परीक्षणको नतिजा यसै साता आउने सम्भावना छ । ईयूले खटाएको तीन सदस्यीय टोलीले नेपालले हवाई सुरक्षामा अपनाएको विधिको सैद्धान्तिक तथा दुई वटा कम्पनीको स्थलगत अनुगमन समेत गरेको थियो ।

    अब टोलीले नेपालमा देखिएको अवस्थाबारे आफ्नो प्रतिवेदन र केही चासो भए सो समेत समेटेर प्राधिकरणमा पठाउने उनले जानकारी दिए । ‘प्रतिवेदनमा थप चासो र अस्पष्टताका विषय भए हामी थप स्पष्ट पार्छौं’ उनले भने । त्यसपछि प्रतिवेदन ईयूको नागरिक उड्डयन हेर्ने निकायमा पुग्छ । सोही निकायले नेपाललाई कालो सूचीमा राख्ने वा निकाल्ने भन्ने निर्णय गर्नेछ ।

    प्राधिकरणका अधिकारीहरु यस पटकको इयू टोलीको भ्रमणबाट आशावादी छन् । ‘मौखिम रुपमा उहाँहरुले नेपालले निकै राम्रो काम गरेको देखियो भन्नु भएको छ,’ प्रवक्ता निरौलाले भने, ‘कालोसूचीमा नेपाल परेयता हामीले गरेको सुधारबाट टोली सन्तुष्ट भएको पायौं ।’
    नेपाल सन् २०१३ देखि युरोपेली युनियनको सुरक्षा चासोको सूचीमा रहेको छ । जसले गर्दा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीले यूरोपको आकासमा उडान गर्न पाउँदैनन् । पछिल्लो समय ईयू मातहतकै मुलुकका वायुसेवा समेत नेपाल आउन चाहिरहेको समयमा भएको अडिटलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यसबीचमा टोलीले तारा एयर र समिट एयरको स्थलगत अनुगमन गरेको थियो । टोलीले ५ अक्टोवरदेखि ८ अक्टोवरसम्म नेपालमा काम गरेको थियो ।

    युरोपेली युनियन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको सन्दर्भमा उठाएका हवाई सुरक्षासँग सम्बन्धित धेरै चासोमध्ये नियमनकारी निकाय र सेवा प्रदायक निकाय एउटै हुनु हुँदैन भन्ने हो । यसलाई सम्बोधन गर्न सरकारले दुई विधेयक संसदमा विचाराधिन छन् ।

    नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको परीक्षणबाट विश्वको औसतः स्तरभन्दा माथिको अंक ल्याएको छ । यसमा लेजिस्टेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्दिनेश, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रम एण्ड ग्राउण्ड सर्पोटसहितका क्षेत्रको अध्ययनमा नेपाल औसत भन्दा माथि देखिएको हो । यी क्षेत्रमो औसतमा नेपालले ७०.१ प्रतिशत अंक प्राप्त गरेको छ । ईयूको अडिट समेत यी क्षेत्रमा केन्द्रित रहेको छ ।

    नेपालले अन्य क्षेत्रमा तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि दुर्घटना जाँचको क्षेत्रमा भने धेरै कमजोर दोहोर्‍याइरहेको छ । अन्तर्राष्ट्रिय निकायले दुर्घटना जाँच आयोगमा समेत स्वतन्त्र निकाय हुनुपर्ने सुझाव दिएका छन् । अहिले यस्तो आयोग दुर्घटनापछि मात्र गठन गर्छ । जसले गर्दा प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनमा नियमित झक्झकाउने स्वतन्त्र निकाय छैन । जसले गर्दा पर्यटन मन्त्रालय र प्राधिकरणलाई दिएका सुझाव समेत कार्यान्वयन हुँदैनन् ।

    प्राधिकरण र नेपाल सरकारले हवाई सुरक्षामा सुधार भइरहेको बताइरहँदा यसै वर्ष मुस्ताङमा ठूलो दूर्घटना भएको छ । यसै वर्ष तारा एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो । सन् २०१० पछि लगातार भएका दूर्घटनापछि सन् २०१३ मा ईयूले नेपाली हवाई कम्पनी र उड्डयन क्षेत्रलाई नै कालोसूचीमा राखेको थियो । यसले नेपाली वायुसेवाको यूरोपको उडान रोकिएको थियो । कालोसूचीमा रहँदा नेपाल बीमा कम्पनीहरुको चर्को मूल्यको सूचीमा पर्न जान्छ । जसले गर्दा यूरोपका पर्यटकका लागि समेत नेपाल महंगो गन्तब्यमा पर्न गएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन २६, बुधबार १०:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP