काठमाडौं,२६ असोज । गठबन्धनले सेर्लाही क्षेत्र नं २ मा आधिकारिक उम्मेदवार महेन्द्र राय यादव भएको जनाएको छ। बालुवाटारमा बुधबार बसेको गठबन्धन बैठकले सर्लाही २ मा र प्रदेशसभातर्फ २ (१ र २)को आधिकारिक उम्मेदवारबारे निर्णय गरेको हो।
‘सर्लाही क्षेन नं २ प्रतिनिधिसभामा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार महेन्द्र राय यादव र सर्लाही २(१)मा सुनिल साह र २(२)मा कौशल राय यादव उम्मेदवार रहनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ। सर्लाही २ मा लोकतान्त्रिक समाजवादीबाट राजेन्द्र महतोसमेत प्रतस्पर्धामा छन्। कांग्रेससँग गठबन्धन गरेको लोसपा उम्मेदवार महतो र यादवबीच मित्रवत् प्रतिस्पर्धा हुने बताइएको छ।
प्रतिक्रिया