• २०८१ चैत्र १ | Fri, 14 Mar 2025
  • मोटरसाइकल चोरेको आरोपमा रौतहटबाट दुईजना पक्राउ

    मोटरसाइकल चोरेको आरोपमा रौतहटबाट दुईजना पक्राउ

    मोटरसाइकल चोरेको आरोपमा प्रहरीले रौतहटको फतुवा बिजयपुर नगरपालिका–४ बाट दुईजनालाई पक्राउ गरेको छ । बाराको करैयामाई गाउँपालिका–८ स्थित नरही टोलबाट प्रदेश–२–०३–००८ प १४१४ नम्बरको मोटरसाइकल चोरेको आरोपमा दुईजना आरोपी पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा फतुवा बिजयपुर नगरपालिका–५ घर भएका १९ वर्षीय रामनारायण राय यादव र २१ वर्षीय अजय राम छन् । असोज २२ मा मध्यराति मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडासँगको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको बाराका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

    आरोपीहरुको साथबाट प्रहरीले करैयामाईबाट चोरी भएको मोटरसाइकल र भारतिय नम्बर प्लेट भएको थप एकथान मोटरसाइकल बरामद गरेको छ । उनीहरुमाथि चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोगटीले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन २४, सोमबार १३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP