‘बारा क्षेत्र नं ३ मा मेरो र ज्वाला साहको दाबी भएपछि गठबन्धन नहुने अवस्था बन्यो, हामी दुवै मित्रवत् प्रतिस्पर्धामा उत्रने सहमति भएको छ,’ जसपाका प्रदेश अध्यक्ष रामबाबु यादवले भने । यता नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेकी ज्वाला साहले पनि संघतर्फ बारा क्षेत्र नं ३ नछोड्ने जनाएकी छन् । ‘बारा–३ मा गठबन्धन नगर्ने निर्णय भएको छ,’ साहले रातोपाटीसँग भनिन् ।
बारा–३ मा जसपाका यादवले २०७४ को निर्वाचनमा नेपाली कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पराजित गरेका थिए भने साहले प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार रामानन्द यादवलाई पराजित गरेकी थिइन् ।
२०७४ मा माओवादी केन्द्रबाट ३ (क)प्रदेश सभा सदस्य जितेकी साह यसपटक भने एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएकी छन् । जसपा र एमालेबीच भएको सहमति अनुसार बाराको क्षेत्र नम्बर १ र ४ मा एमाले र क्षेत्र नम्बर २ मा जसपाले उम्मेदवारी दिने भएको छ ।
प्रतिक्रिया