• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • महाभियोग सिफारिस समितिले जबराबारेको प्रतिवेदन आजै सभामुखलाई बुझाउने

    महाभियोग सिफारिस समितिले जबराबारेको प्रतिवेदन आजै सभामुखलाई बुझाउने

    काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अनुसन्धान प्रक्रिया सकेको छ । समितिका सभापति रामबहादुर विष्टले जबराको बयान, बयानमा हस्ताक्षर प्रतिप्रश्नको जवाफ दिने काम सकिएको जानकारी दिए ।

    शनिबार नै प्रतिवेदनलाई अन्तिम रूप दिइने पनि सभापति विष्टले जनाएका छन् । विष्टले भने, ‘सबै अनुसन्धान गरियो प्रतिवेदन तयार पार्न बाँकी छ । प्रतिवेदन आजै बुझाइन्छ । मस्यौदा तयार गरेर बाँडिएको छ । तीन बजे बस्ने बैठकमा अन्तिम रूप दिइन्छ ।’

    सभापति विष्टका अनुसार समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई दिइनेछ । प्रतिनिधिसभाको कार्यकाल असोज १ (शनिबार) मा सकिँदै छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

    नेपालको संविधान र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा प्रतिनिधिसभाको यो कार्यकालमा नटुंगिएमा नयाँ आउने प्रतिनिधिसभाले महाभियोग प्रक्रिया टुंग्याउने तयारी छ ।

    संविधानको धारा १०१ को उपधारा ६ मा ‘महाभियोगको कारबाही प्रारम्भ भएपछि प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य संवैधानिक निकायका पदाधिकारीले त्यस्तो कारबाही टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन’ भन्ने व्यवस्था छ । संविधानको यो व्यवस्थाअनुसार महाभियोगको कारबाहीलाई प्रतिनिधिसभाले टुंगो नलगाएसम्म जबरा काममा फर्कन नपाउने विष्टले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन १, शनिबार ०७:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP