• २०८१ फाल्गुन ४ | Sun, 16 Feb 2025
  • आफ्नै श्रीमतीले परपुरुषसँगका सम्बन्ध लुकाउन गरिन श्रीमानको हत्या

    आफ्नै श्रीमतीले परपुरुषसँगका सम्बन्ध लुकाउन गरिन श्रीमानको हत्या

    काठमाडौं, भदौ २९ गते । परपुरुषसँगको सम्बन्ध लुकाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।

    तिलोत्तमा नगरपालिका- १५ सखुवानीकी ग्रिजादेवी थारुले श्रीमान जगदीश चौधरीको हत्या गरेको प्रहरीले जनाएका छन् । मंगलबार बिहान ४२ वर्षीय जगदीशको शव आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो ।

    उक्त घटनापछि प्रहरीले जगदीशकी श्रीमती ग्रिजादेवी र एक पुरुषलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने पुरुष ५२ वर्षीय फुलचन्द्र बानियाँँसँगको अवैध सम्बन्धका कारण ग्रिजादेवीले श्रीमानको हत्या गरेको प्रहरीको दाबी छ ।

    सोमबार राति एक बजे कोठामा सुतिरहेका जगदीशको टाउको र शरीरका विभिन्न भागमा ग्रिजादेवीले धारिलो हतियार अन्धाधुन्ध प्रहार गरेको रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २९, बुधबार ०९:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP