• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • चार दिने भ्रमणका लागि चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा

    चार दिने भ्रमणका लागि चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा

    काठमाडौं,२७ भदौ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको टोली चारदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका ली चानसुलाई सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए।्

    ली चानसु नेतृत्वको टोली सिधै सोल्टी होटल जानेछन्। चिनियाँ दूतावासले उनीहरुका लागि चार दिनको लागि होटल बुक गरेका छन्। केहीबेरको आरामपछि ली चानसु नेतृत्वको टोली बानेश्वरस्थित संसद भवन आउने कार्यक्रम छ। सभामुख अग्नि प्रसाद सापकोटाले उनीहरुलाई स्वागत गर्ने कार्यक्रम छ। उनीहरुबीच हुने छलफलमा द्विपक्षीय सम्झौता हुने बताइएको छ।

    ली चानसुले भोलि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने ली चानसुले बुधबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

    यस्तो छ ली चानसुको कार्यतालिका  

    सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु सोमबार भेटवार्ता हुने भएको छ। चीनबाट अपरान्ह काठमाडौं आउने ली चानसुको टोलीलाई सभामुख सापकोटाले साँझ ५ बजे संसद भवनमा स्वागत गर्ने कार्यतालिका रहेको छ।

    उनीहरुबीच ५:२० बजेदेखि छलफल हुनेछ। एक घन्टा चल्ने छलफलमा दुई देशबीच विभिन्न विषयमा हस्ताक्षर हुने बताइएको छ। हस्ताक्षर हुने विषय भने खुलाइएको छैन। ली चानसु त्यसपछि सोल्टी होटल फर्किनेछन्। साँझ ७ बजे सभामुख सापकोटा सोल्टी जाने कार्यक्रम रहेको छ। चानसुको सम्मानमा सापकोटाद्वारा आयोजना गरिएको रात्रिभोज ७:३० बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ।

    भोलि मंगलबार ली चानसुको कार्यतालिका ९ बजेदेखि सुरु हुनेछ। सोल्टीबाट उनी सिधै बानेश्वरस्थित संसद भवन आउनेछन्। ९:१५ पछि राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेटवार्ता हुने कार्यक्रम छ। लगत्तै १० बजे नेकपा एमाले अध्यक्ष केपी शर्मासँग भेटवार्ता हुनेछ भने १०:४५ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चानसुले भेटवार्ता गर्नेछन्।

    १२:३० बजे होटल फर्किएपछि केही समय आराम गर्ने र भोलि नै ३ बजे सोल्टी होटलमै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

    त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भोलि नै भेट्ने कार्यतालिका रहेको छ। त्यसका लागि ली चानसु भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्। प्रधानमन्त्रीसँग आधा घन्टा शिष्टाचार भेटवार्ता भएपछि उनी होटल फर्किनेछन्।

    त्यस्तै पर्सी बुधबार ली चानसु भक्तपुर जाने कार्यक्रम रहेको छ। उनी त्यसका लागि ९:३० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। दुई घन्टाको ‘साइट सीन’पछि उनी होटल फर्किनेछन्।

    ली चानसुले पर्सी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि उनी ४ बजे महारागन्जस्थित शीतल निवास पुग्नेछन्। चार दिने भ्रमणका लागि काठमाडौं आउन लागेको ली चानसु नेतृत्वको टोली बिहीबार चीन फर्किने कार्यक्रम रहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २७, सोमबार १०:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP