• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • सेना र प्रहरी कार्यालयसहित १० सरकारी कार्यालयलाई बालेनको पत्र

    सेना र प्रहरी कार्यालयसहित १० सरकारी कार्यालयलाई बालेनको पत्र

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई कर बुझाउन ताकेता गर्दैै पत्र काटेका छन् ।  शाहको आदेशमा महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीको हस्ताक्षरित पत्रमा १० दिनभित्र बहाल कर तिर्न भनिएको छ ।

    महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गइ कर र जरिवाना तिर्न पत्रमार्फत ताकेता गरिएको छ ।

    अन्यथा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।  पत्र काटिएका कार्यालयमा शंकरदेव क्याम्पस, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र समाज कल्याण परिषद् रहेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २३, बिहीबार ११:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP