• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • वीरगंज महानगरपालिकाद्वारा विद्यालयको अवलोकन तथा निरीक्षण शुरु

    वीरगंज महानगरपालिकाद्वारा विद्यालयको अवलोकन तथा निरीक्षण शुरु

    ध्रुव अधिकारी-

    वीरगंज,भदौ २१ गते । वीरगंज महानगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयहरूको स्थलगत अवलोकन तथा निरीक्षण कार्य आजबाट शुरु गरेको छ ।

    संस्थागत विद्यालयहरूको वर्गीकरण तथा शुल्क निर्धारणका लागि गठित समितिले विद्यालयहरूको स्थलगत अवलोकन शुरु गरेको हो । लामो समयदेखि संस्थागत विद्यालयहरूले मनोमानी रुपमा सुल्क उठाएको गुनासो अभिभावकहरूले गरेपछि महानगरपालिकाले वर्गीकरण तथा सुल्क निर्धारण समिति गठन गरेको थियो ।

    महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको संयोजकत्वमा गठित समितिले विद्यालयहरूको अवलोकन एवम् निरीक्षणपश्चात् विद्यालयको चौतर्फी मूल्याङ्कनका आधारमा वर्गीकरण गर्ने समितिका सदस्य एवम् वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हाल ५२ वटा विद्यालयले स्वमूल्याङ्कन गरेको भनेर महानगरपालिकामा सूचीकृत गराएका छन् । पहिलो चरणमा ती ५२ वटा विद्यालयको स्थलगत अवलोकन एवम् निरीक्षण गरेर विद्यालयले गरेको स्वमूल्याङ्कन र समितिले गरेको मूल्याङ्कनका आधारमा विद्यालयको वर्गीकरण गरिने कर्णले बताउनुभयो ।

    विद्यालयको भौतिक संरचनादेखि शैक्षिक उपलब्धि लगायतका सबै क्षेत्रको आधारमा विद्यालयको वर्गीकरण गरेर वर्गअनुसारको सुल्क निर्धारण गरिने समितिका संयोजकसमेत रहेका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।

    संस्थागत विद्यालयहरूको वर्गीकरण गरेर सुल्क निर्धारण गरेपछि विद्यालयले मनोमानी रुपमा सुल्क लिन नपाउने र अभिभावकको गुनासो पनि सम्बोधन हुने नगर प्रमुख सिंहले बताउनु भयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २१, मंगलवार १३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP