• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • धनुषा क्षेत्र नं. २ मा काँग्रेसको क्षेत्रीय बैठकमा कुटाकुट

    धनुषा क्षेत्र नं. २ मा काँग्रेसको क्षेत्रीय बैठकमा कुटाकुट

    जनकपुरधाम, भदौ १९ गते । धनुषा क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिसका लागि बसेको नेपाली काँग्रेसको क्षेत्रीय बैठकमा कुटाकुट भएको छ ।

    औरही गाउँपालिकामा शनिबार दिउँसो बसेको बैठकमा कुटाकुट भएको हो । उम्मेदवार सिफारिस विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको हो ।रामकृष्ण कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर छन् भने मुक्ता सभापति शेरबहादुर देउवा गुटमा छन् ।

    रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की भएपछि कुटाकुट भएको हो ।  कुटाकुट र गालीगलौजको सो भिडियो अहिले समाजिक सञ्जालमा भाइरहल हुँदैछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र १९, आईतवार ०५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP