• २०८१ माघ २ | Wed, 15 Jan 2025
  • कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

    कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

    काठमाडौं, भदौ १५ गते । २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

    कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राखेका छन् । ‘मागको सुनुवाइ हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनुपरेको हो । जबसम्म हाम्रो माग पूरा हुँदैन हामी पछि हट्दनौं,’ आन्दोलनरत कर्मचारीमध्ये एक शिव प्याकुरेलले बताए ।

    उनीहरुले बुधबारदेखि विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएका छन् । आगमी २१ भदौसम्ममा माग पूरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने प्याकुरेलले बताए । ‘अस्पताल प्रशासनले मनलाग्दी रूपमा कर्मचारी नियुक्ति गर्दै आएको छ ।

    खरिद प्रक्रियामा नेतृत्व तहबाट आर्थिक अनियमिता गरेको छ र आफ्ना मान्छेलाई टेण्डर दिइएको छ’, प्याकुरेलले भने, ‘यदि हाम्रा माग पूरा भएन भने अस्पताल प्रशासनमा ताला लगाउछौं र काम फर्किन्छौं ।’ आन्दोलनरत कर्मचारीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सचिवहरुलाई भेटेर जानकारी समेत गराइसकेका छन् ।

    हेर्नुस् मागहरु : 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र १५, बुधबार ०८:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP