• २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह

    नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं,१३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्। कांग्रेस पदाधिकारीसहित सोमबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले धेरै नेपालीहरु नागरिकताविहीन भएको भन्दै प्रमाणीकरण गर्न अनुरोध गरेका हुन्।

    संसदको दुवै सदनबाट पास भएर प्रमाणीकरणका लागि शीतल निवास पुगेको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन्। सुरक्षाको दृष्टिकोणलाई समेत मध्यनजर गर्दै उक्त विधेयकमा पुनः छलफल आवश्यकता रहेको उनले सन्देशमा भनेकी थिइन्।

    तर प्रतिनिधिसभाले उक्त विधेयकलाई पुनः जस्ताको तस्तै पारित गरेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागपछि मतविभाजन गरिएको उक्त विधेयक पुनः बहुमतका साथ पारित भएको थियो।
    नागरिकता विधेयक यतिबेला राष्ट्रियसभाअन्तर्गतको विधायन समितिमा छलफलका लागि पठाइएको छ। राष्ट्रियसभाले छलफल आवश्यक रहेको भन्दै उक्त विधेयक विधायन समितिमा पठाएको हो।

    यता राष्ट्रपति भण्डारी प्रतिनिधिसभाबाट जस्ताको तस्दै विधेयक पास भएपछि रुस्ट बनेको शीतल निवास स्रोतको दाबी छ। पछिल्लो समय राष्ट्रपति भण्डारीले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएकी छन्। कानुनविद्हरुसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनाका उच्च अधिकारीहरुसँग छलफल गरेकी थिइन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र १३, सोमबार १२:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP