काठमाडौं,०७ भदौ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कर्मचारी समायोजनसम्बन्धी कतिपय मुद्दा खारेज गरेपछि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै कतिपय रिट निवेदन खारेज गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यससँगै लोकसेवा आयोगलाई रोकिएका सबै विज्ञापनको परीक्षा सञ्चालन गर्ने पक्रिया खुला भएको छ। अन्तिम फैसला निजामतीअन्तर्गत एक हजार बढी पदमा पदपूर्ति हुन सकेको थिएन।
प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले संघीय निजामती सेवामा नै आउन पाउनुपर्ने मागसहित ९८ रिट निवदेन दायर भएको थियो।
प्रतिक्रिया